काठमाडौँका यी स्थानमा २ महिने निषेधाज्ञा
सोमबार, २६ फागुन २०८१, २० : ०५

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले जिल्लाका केही क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले फागुन २५ गते आइतबारदेखि लागू हुने गरी भीभीआइपी र भीआइपीहरुको ओहोरदोहोर हुने, वासस्थान लगायतका क्षेत्रमा २ महिने निषेधाज्ञा जारी गरेको हो । जसमा राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपर निषेधित क्षेत्रका रूपमा परेका छन् ।
प्रशासनले निषेधाज्ञा जारी गरेका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक
-
एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए
-
पूर्वराजाको स्वागत कार्यक्रम सफल भएको राप्रपाको ठहर
-
ओली सरकारका कारण अराजकतालाई मलजल पुग्यो : इन्चार्ज गौतम