सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

नागरिक उन्मुक्तिसँग एकीकरण गर्ने जनमतको निर्णय

सोमबार, २६ फागुन २०८१, १९ : ५९
सोमबार, २६ फागुन २०८१

वीरगन्ज । जनमत पार्टीको दुई दिने केन्द्रीय समिति बैठकले नागरिक उन्मुक्ति पार्टीसहित विचार र सिद्धान्त मिल्नेसँग एकीकरण गर्ने निर्णय गरेको छ । 

महोत्तरीमा आज सम्पन्न आइतबारदेखि चलेको जनमतको बैठकले विभिन्न १३ बुँदामा निर्णय गरेको पार्टी प्रवक्ता शरद् सिंह यादवले जानकारी दिए । 

पार्टी एकीकरणका लागि तीन सदस्यीय कार्यदलसमेत गठन गरिएको छ । नवगठित कार्यदलमा अब्दुल खान, शरद् सिंह यादव र बालगोविन्द चौधरी रहेका छन् । पार्टी अध्यक्ष डा.सीके राउतको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

के–के छन् अन्य निर्णय ?

यसैगरी कार्यप्रगति समीक्षासहित अन्य निर्णय प्नि भएको जनमत पार्टीले जनाएको छ ।

कार्यप्रगति समीक्षा विषयमा उपस्थित सहभागीले आ–आफ्नो कार्यप्रगति विवरण पेस गरेका थिए । साथै हरेक केन्द्रीय सदस्य तथा पर्यवेक्षकले तोकिएका कार्य पूरा गरे/नगरेको मूल्यांकन पढेर सुनाएका थिए । सो मूल्यांकनका आधारमा नै आगामी दिनमा केन्द्रीय सदस्यमा जारी राखे/नराख्ने वा अन्य जिम्मेबारी दिने निर्णय गरिने जनाइएको छ । 

संगठन विस्तार विषयमा सदस्यता अभियान चलाउने, पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिने, भ्रातृसंगठनहरूको गठनमा जोड दिने, अहिलेसम्म नपुगेका वर्ग, समुदाय, उमेरसमूह, व्यवसाय समूह र क्षेत्रसम्म पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै सडक, सदन र सरकार तीनै मोर्चाका लागि सशक्त तयारी गर्ने पनि पार्टीले निर्णय गरेका छ । 

सदस्यता र संगठन विस्तार, पार्टी प्रवेश तथा अधिवेशनका कार्यक्रमहरूका साथै सशक्त आन्दोलनका लागि युवादस्ता गठन तथा प्रशिक्षणमा विशेष जोड दिने पन निर्णय बैठकले गरेको छ । 

देशमा भइरहेको राजनीतिक प्रतिगामी ध्रुवीकरणप्रति सचेत भएर जनचेतना फैलाउने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संगठनलाई तयार राख्नेलगायत बैठकले निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?