कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा
सोमबार, २६ फागुन २०८१, १९ : २८

बुटवल । रुपन्देहीको सैनामैनामा सञ्चालन भइरहेको सुनगाभा सैनामैना गोल्डकपको दोस्रो सेमिफाइनल खेल पेनाल्टी सुट आउटमा कपिलवस्तु ११ विजय भएको छ । निर्धारित समयमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको हो ।
महावीर क्लब काठमाडौँका खेलाडी अरुण चौधरीको बल बाहिरिएपछि प्रतियोगितामा कपिलवस्तु ११ फाइनलमा प्रवेश गरेको जानकारी प्रतियोगिताका संयोजक अशोक खड्काले गराए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए
-
पूर्वराजाको स्वागत कार्यक्रम सफल भएको राप्रपाको ठहर
-
ओली सरकारका कारण अराजकतालाई मलजल पुग्यो : इन्चार्ज गौतम
-
१० बजे १० समाचार : पूर्वराजाको सक्रियताबाट राजनीतिमा तरङ्ग, राप्रपाले तिर्यो जरिबाना
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, कुलमानबारे निर्णय हुने सम्भावना
-
कर्णाली प्रदेश सभा : सांसद प्रश्न राखेको राख्यै, मन्त्री जवाफ नदिने