सांग्रिला क्विजमा सञ्जुकुमारी र सुकीर्ति पहिलो

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको सांग्रिला क्विज २०८१ सम्पन्न भएको छ । काठमाडौँमा भएको प्रतियोगिताको फाइनल चरण अर्थात् ‘कन्ट्री राउन्ड’मा सहभागी १० टोलीमध्ये काठमाडौँ क्लस्टरका सञ्जुकुमारी श्रेष्ठ र सुकीर्ति सुवेदी पहिलो बनेका छन् ।
त्यस्तै सुर्खेत सब–क्लस्टरका होमराज चौधरी र हेमन्त बीसी दोस्रो भएका छन् । पहिलो हुने सुवेदी र श्रेष्ठले जनही ६०,००० (साठी हजार) तथा दोस्रो हुने चौधरी र बीसीले जनही ४०,००० (चालीस हजार) रुपैयाँ पुरस्कार पाएका छन् ।
कार्यक्रममा विजेतासहित कन्ट्री राउन्डमा पुगेका सबै प्रतिस्पर्धीलाई सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले पुरस्कार र मायाको चिनो प्रदान गरेका थिए । 'कन्ट्री राउन्ड'मा इटहरी, काठमाडौँ, नेपालगन्ज र पोखरा क्लस्टर तथा वीरगन्ज, बुटवल, चितवन, दाङ, धनगढी र सुर्खेत सब क्लस्टरका दुई दुई जना गरी २० जना प्रतिस्पर्धी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक