सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

तरुण दलको महाधिवेशन निर्धारित समयमै हुन्छ : अध्यक्ष गुरुङ

सोमबार, २६ फागुन २०८१, १९ : ०३
सोमबार, २६ फागुन २०८१

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले निर्धारित मितिमै तरुण दलको महाधिवेशन हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् । सोमबार हेटौंडामा भएको तरुण दलको प्रारम्भिक र पूर्णकालिन सदस्य वितरण कार्यक्रममा बोल्दै उनले तरुण दलको महाधिवेशनमा अब कुनैपनि ढिलाइ नहुने दाबी गरे ।

अध्यक्ष गुरुङले तरुण दलको निर्वाचन निर्धारित समयमै हुनेमा ढुक्क हुन आग्रह गरे । तरुण दलको पाँचौँ महाधिवेशन आगामी चैत मसान्तभित्र गरिसक्ने उनले स्पष्ट पारे ।

‘अब तरुण दलको महाधिवेशन निर्धारित समयमै हुन्छ । पार्टीले दिएको समयसीमा आगामी चैत मसान्त हो । उक्त समय भित्रै महाधिवेशन गर्ने गरी हामी लागि रहेका छौँ,’ उनले भने, ‘जिल्लाका साथीहरूले पनि सोही अनुसार तयारी थाल्नुस् ।’

उनले मातृ पार्टी कांग्रेसलाई गतिशील र जनताको पार्टी बनाउन तरुण र युवाहरू लाग्नुपर्ने बेला आएको बताए ।  

कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामाले तरुण दलको महाधिवेशन समयमै होस भन्ने आफूहरूले पनि चाहेको बताए । उनले जिल्लामा तरुणको गतिविधिलाई क्रियाशील बनाउन महाधिवेशन आवश्यक रहेको भन्दै पार्टीका तर्फबाट आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?