काभ्रेका १५ क्याम्पसको स्ववियु सभापतिमा ५ संगठनबिच भागबण्डा
सोमबार, २६ फागुन २०८१, १८ : ५३

आसन्न स्ववियु निर्वाचनलाई लिएर काभ्रेका १५ वटै क्याम्पसमा ५ विद्यार्थी संगठनहरुले भागबण्डा गरेका छन् । काभ्रेका १५ क्याम्पसको स्ववियु सभापतिसहित केही पदमा प्रमुख ५ विद्यार्थी संगठनहरुबिच भागबण्डाको सहमति भएको हो ।
अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू र अखिल समाजवादीले सहमति गरेका हुन् । सहमतिअनुसार अनेरास्ववियु र नेविसंघले ६/६ वटा क्याम्पसमा सभापति र क्रान्तिकारीले ३ क्याम्पस सभापति लिनेछन् भने, अनेरास्ववियूले प्रभा क्याम्पसमा सहसचिव, तेजगंगामा कोषाध्यक्ष र सर्वमंगलामा उपसभापति लिने सहमति भएको छ ।
यस्तै, अखिल समाजवादीले चैतन्य क्याम्पसमा सहसचिव, इन्द्रेश्वरमा २ सदस्य धुलिखेलमा एक सदस्य पाउने सहमति भएको छ । अन्य पदहरुमा भने प्रक्रिया अनुसार अघि बढ्ने सहमति गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए
-
पूर्वराजाको स्वागत कार्यक्रम सफल भएको राप्रपाको ठहर
-
ओली सरकारका कारण अराजकतालाई मलजल पुग्यो : इन्चार्ज गौतम
-
१० बजे १० समाचार : पूर्वराजाको सक्रियताबाट राजनीतिमा तरङ्ग, राप्रपाले तिर्यो जरिबाना
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, कुलमानबारे निर्णय हुने सम्भावना
-
कर्णाली प्रदेश सभा : सांसद प्रश्न राखेको राख्यै, मन्त्री जवाफ नदिने