नेपालसामु जितका लागि १ सय १ रनको लक्ष्य

काठमाडौँ । वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत सोमबार भएको खेलमा हङकङले नेपालसामु जितका लागि १ सय १ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय रन बनाएको हो ।
टोलीका लागि ओपनर तथा कप्तान नताशा माइल्सले सर्वाधिक ३५ रनको योगदान दिइन् । उनले ४२ बलको सामना गर्दै ३ चौका हिर्काइन् । मारिको हिलले २६ बलमा २१ रन जोडिन् । त्यस्तै, केरी चानले १२ रन तथा यास्मिन दासवानीले ११ रन बनाइन् ।
नेपालका लागि कप्तान इन्दु वर्माले ४ ओभर बलिङ गर्दै मात्र १५ रन खर्चेर २ विकेट लिइन् । ईश्वरी विष्टले पनि ४ ओभरमा समान १५ खर्चेर २ विकेट हात पारिन् । पूजा महतो र रचना कुमारी चौधरीले १–१ विकेट लिइन् ।
शनिबार खेलिएको पहिलो खेलमा नेपाली टोली नामिबियासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले आयोजक युगान्डामाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो ।
जारी शृङ्खलामा नेपालसहित युगान्डा, नामिबिया र हङकङको सहभागिता रहेको छ । सहभागी चारै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टोलीबिच फाइनल खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक