सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

राजावादीहरूको प्रदर्शनबाट विचलित भएको छैन : प्रचण्ड

सोमबार, २६ फागुन २०८१, १८ : ३०
सोमबार, २६ फागुन २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  राजावादीहरूको प्रदर्शनबाट आफू विचलित नभएको बताएका छन् । सोमबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । 

राजावादीहरूको प्रदर्शनले मन, मुटु हल्लिएको हो  भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा प्रचण्डले भने, ‘यो प्रदर्शनले केही हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाइँको बिचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ।’ 

प्रचण्डले यसको जिम्मेवारी सरकारले लिनुपर्ने पनि बताए । उनले सरकारले जनताका लागि काम गर्न नसक्दा जनता निराश भएको बताए । उनले राजावादीहरूको प्रदर्शनको काउण्टरमा जाने हो भन्ने प्रश्नमा आफूहरू सल्लाह गरिरहेको जवाफ दिए । 

उनले भने, ‘यो प्रदर्शनले केही मन मुटु हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाइँको बिचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ? यसको जिम्मेवारी त सरकारले लिनु नै पर्छ । सरकार जुन ढंगले बन्यो, जनतामा निकै ठुलो निराशा र आक्रोश छ ।’

प्रचण्डले सरकार अझै पनि नागरिकप्रति उत्तरदायी नरहेको र त्यसको फाइदा प्रतिक्रियावादी शक्तिहरूले लिएको जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?