सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

समाजवादी मोर्चाले भोलि विरोधका कार्यक्रम घोषणा गर्ने

सोमबार, २६ फागुन २०८१, १८ : ०८
सोमबार, २६ फागुन २०८१

काठमाडौँ । समाजवादी मोर्चाले प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे भोलि (मंगलबार) निर्णय लिने भएको छ । आज माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको मोर्चाको अनौपचारिक छलफलले मंगलबार ४ बजे बस्ने बैठकले आन्दोलनको घोषणा गर्ने भएको हो । 

मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौँ उपत्यका बाहिर भएकाले कुनै निर्णय नभएको कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी(नेसपा)का सहअध्यक्ष गंगानारायण श्रेष्ठले रातोपाटीलाई बताए । 

‘आज पछिल्लो राजनीतिक अवस्था, राजावादीको सक्रियता लगायत विषयमा अनौपचारिक छलफल भयो । विप्लवजी भ्याली बाहिर हुनुभएकाले कुनै निर्णय भएन । भोलि ४ बजे बस्ने बैठकले प्रतिगमनविरुद्धको आन्दोलन घोषण हुनेछ’, उनले भने । 

अनौपचारिक छलफलमा केपी शर्मा ओली सरकारको रवैयाका कारण राजावादीले नकारात्मक फाइदा लिइराखेको बारे छलफल भएको श्रेष्ठले जानकारी दिए । 

बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतालाई गम्भीरताका साथ लिँदै त्यसको प्रतिरोध गर्ने निर्णय गरेको थियो । मोर्चाको छलफलमा माओवादी केन्द्रका अध्यक्षसहित पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत नेताहरू सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?