सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

मार्च १६ मा धर्तीमा आउने भइन् सुनिता विलियम्स

सोमबार, २६ फागुन २०८१, १७ : ५८
सोमबार, २६ फागुन २०८१

वासिङ्टन डिसी । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी विल्मोर अर्को हप्ता पृथ्वीमा फर्कने तयारीमा छन् । यो जोडी गएको नौ महिनादेखि अन्तरिक्षमा फसेका थिए ।

अब यी दुवै जना खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्स ड्र्यागन अन्तरिक्ष यानबाट मार्च १६ मा धर्तीमा आउनेछन् । स्पेस एक्सले अर्को हप्ता राहत टोलीसहित यान प्रक्षेपण गर्दैछ । 

सुनिता र विलमोरलाई मार्च १६ मा पृथ्वीमा फर्काइने नासाले पनि आधिकारिक रूपमा पुष्टि गरेको छ । उनीहरू दुवै जना २०२४ को जुन ५ मा बोइङको अन्तरिक्ष यान चढेर अन्तर्राष्ट्रिय स्पेस स्टेसन गएका थिए ।

तर उनीहरू चढेर गएको क्याप्सुलमा बारम्बार खराबी आएपछि यान रित्तै पृथ्वीमा फर्कियो । ८ दिनका लागि मात्रै भनेर आईएसएस गएका उनीहरू ९ महिनादेखि त्यही छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?