सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

‘झिल्को’ टिजर रिलिज : मोबाइलको लतले समाजमा पारेको असर चित्रण

सोमबार, २६ फागुन २०८१, १७ : ५१
सोमबार, २६ फागुन २०८१

काठमाडौँ । फिल्म ‘झिल्को’ को टिजर सार्वजनिक गरिएको छ । फिल्म झोलाका निर्देशक यादकुमार भट्टराई निर्देशित फिल्मको टिजरले मोबाइल एडिक्सन अर्थात् मोबाइलको लतले समाजमा पार्ने असरलाई उजागर गरेको छ । टिजरमा मोबाइलले बालबालिकामा परेको असर चित्रण गरिएको देखिन्छ ।

टिजरमा विशेषगरी अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई देखाइएको छ । यसमा मोबाइलका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरूबिचको दूरी र वास्तविक जीवनभन्दा डिजिटल संसारमा गुम्सिँदै गएका पात्रहरूको कथा झल्किन्छ ।

निर्देशक भट्टराईले यसअघि पनि सामाजिक विषयवस्तुमा आधारित फिल्महरू ‘झोला’ र ‘भोर’ निर्देशन गरेका थिए ।  फिल्ममा आयुषि ढकाल, सुनिल पोखरेल, वर्षा शिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा,  जेभिन श्रेष्ठ र जेभिस श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

दीपक बज्राचार्यको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा कथा र पटकथा निर्देशक भट्टराई, अरुणदेव जोशी र देवव्रतको छ । फिल्ममा आनन्द अधिकारीको गीत चण्डीप्रसाद काफ्ले र दिपक शर्माको संगीत छ । मिडिया फर कल्चर प्रालिको प्रस्तुति र जनता टिभीले निर्माण सहकार्य गरेको चलचित्र ‘झिल्को’ आगामी वैशाख १९ गते रिलिज हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?