सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राष्ट्र बैंकको रिपोर्ट

रेमिट्यान्स फेरि लयमा फर्कियो, एकै महिना १३७ अर्ब भित्रियो

सोमबार, २६ फागुन २०८१, १७ : २७
सोमबार, २६ फागुन २०८१

काठमाडौँ । रेमिट्यान्स आप्रवाहले फेरि लय लिन थालेको छ । मंसिर तथा पुसमा घट्दै गएको रेमिट्यान्स माघ महिनामा पुनः लयमा फर्किएको हो । माघ महिनामा मात्रै रेमिट्यान्स आप्रवाह झण्डै १३७ अर्ब रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकको तथ्यांकअनुुसार माघ मसान्तसम्म विप्रेषण आप्रवाह ९०० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म यस्तो आप्रवाह ७६३ अर्ब ८ करोड पुगेको छ । योसँगै कुल वृद्धिदर ४.१ प्रतिशतबाट बढेर ७.३ प्रतिशत पुगेको छ । यद्यपि यो वृद्धिदर अघिल्लो वर्षको भन्दा कम हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो ।

यसमध्ये  अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भइ ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।  समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९८५ अर्ब १७ करोड पुगेको बैंककोृ तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.९१० अर्ब ७७ करोड रहेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको छ । दुवै संख्या अघिल्लो वर्ष भन्दा बढी हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?