नेसपा (नयाँ शक्ति)को बागमती प्रदेशस्तरीय महाधिवेशन सम्पन्न

काठमाडौँ । नेसपा (नयाँ शक्ति), बागमती प्रदेशस्तरीय भेला तथा प्रथम महाधिवेशन सम्पन्न भएको छ। नेसपा नयाँ शक्ति बागमती प्रदेश अधिवेशन आयोजक समितिको आयोजनामा सोमबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पार्टीका शीर्ष नेताहरू, प्रदेश प्रतिनिधिहरू, कार्यकर्ता, बुद्धिजीवी, युवा तथा विभिन्न क्षेत्रका अग्रजहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख आतिथ्यता डा. सो पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गरेका थिए । कार्यक्रममा उनले नेपालको समसामयिक राजनीतिक परिप्रेक्ष्य, समाजवादी आन्दोलनको महत्व, र नेसपा (नयाँ शक्ति)को भावी रणनीतिबारे विस्तृत धारणा राखेका थिए ।
कार्यक्रममा पार्टीको संगठनात्मक सुदृढीकरण, प्रदेशस्तरीय नेतृत्वको भूमिका, तथा लोकतान्त्रिक मूल्य र सिद्धान्तहरूलाई संस्थागत गर्दै समावेशी, पारदर्शी, र उत्तरदायी नेतृत्व निर्माण गर्ने विषयमा विशेष छलफल भएको छ। प्रदेश अधिवेशन आयोजक समितिका पदाधिकारीहरूले पार्टीको नीति, दृष्टिकोण, र भावी कार्ययोजनाबारे जानकारी गराउँदै संगठन सुदृढीकरणका लागि सबै सदस्यहरूलाई क्रियाशील भएर लाग्न आह्वान गरेका छन्।
यस अधिवेशनले नेसपा (नयाँ शक्ति) बागमती प्रदेशमा समाजवादी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने, वैकल्पिक राजनीतिक सोचलाई संस्थागत गर्ने, तथा पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई अझ प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेका १५ क्याम्पसको स्ववियु सभापतिमा ५ संगठनबिच भागबण्डा
-
नेपालसामु जितका लागि १ सय १ रनको लक्ष्य
-
राजा फर्काउने भनेर गरिएका गतिविधिहरू अस्वीकार्य : अध्यक्ष नेपाल
-
राजावादीहरूको प्रदर्शनबाट विचलित भएको छैन : प्रचण्ड
-
काठमाडौँमा दिनदहाडै चोरी
-
अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुले स्ववियु पदाधिकारीको टुंगो लगायो