बम राखिएको हल्लापछि न्युयोर्क उडेको विमान साढे ८ घण्टापछि मुम्बई डाइभर्ट

मुम्बई । मुम्बईबाट न्युयोर्क गइरहेको एयर इन्डियाको विमान एआई–११९ मा बम राखिएको धम्की आएपछि उक्त उडान मुम्बई नै डाइभर्ट गरिएको छ।
सोमबार बिहान ८ घण्टा ३७ मिनेटको उडानपछि विमान डाइभर्ट गरिएको थियो । विमानमा १९ चालक दलका सदस्यसहित ३ सय २२ यात्रु सवार थिए ।
एयर इन्डियाले उडानको वासरूममा एउटा नोट भेटिएको र जसमा बमको धम्की भएको पाइएको जनाएको थियो।
सुरक्षा प्रोटोकललाई ध्यानमा राख्दै विमानलाई रुटबाटै मुम्बई फर्काउने निर्णय गरिएको थियो। विमान भारतीय समयअनुसार १० बजेर २५ मिनेटमा मुम्बई नै फर्किएको थियो।
मुम्बई एयरपोर्टको टर्मिनल-२ बाट विमानले दिउँसो त्यहाँको समयअनुसार पौने २ बजे न्यूयोर्कका लागि उडान भरेको थियो। अहिले सुरक्षा निकायहरू घटना अनुसन्धानमा जुटेका छन् । यात्रुहरूमा पर्न गएको असुविधाप्रति क्षमा मागिएको छ।
एयरलाइन्सले अब अप्रिल ११ गते बिहान ५ बजेका लागि उडान समय सारिएको जनाएको छ । यात्रुहरुलाई होटल बस्ने, खाना र अन्य आवश्यक सहयोग उपलब्ध गराइएको छ ।
यसअघि मार्च ६ मा सिकागोबाट दिल्लीका लागि एयर इन्डियाको अर्को विमान प्राविधिक गडबडीका कारण ५ घण्टापछि सिकागो फर्किनुपरेको थियो । यात्रुलाई गन्तव्यमा पुर्याउन समयमै वैकल्पिक व्यवस्था गरिएको एयरलाइन्सका प्रवक्ताले सोमबार जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकलाई आत्मनिर्भर बनाउन सामाजिक सुरक्षा कोषको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री लामा
-
तरुण दलको महाधिवेशन निर्धारित समयमै हुन्छ : अध्यक्ष गुरुङ
-
बोरामा ३५ वर्षीया महिलाको शव : ६ जना मिलेर गरेका थिए व्यवस्थापन
-
नाडा र श्रम मन्त्रालयबिच समझदारी पत्रमा हस्ताक्षर
-
काभ्रेका १५ क्याम्पसको स्ववियु सभापतिमा ५ संगठनबिच भागबण्डा
-
नेपालसामु जितका लागि १ सय १ रनको लक्ष्य