सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

४५ सेकेण्डको विज्ञापनका लागि अल्लु अर्जुनलाई कसले दियो ३०० करोड ?

सोमबार, २६ फागुन २०८१, १६ : ०६
सोमबार, २६ फागुन २०८१

नयाँ दिल्ली । भारतीय फिल्म उद्योगमा दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको क्रेज बढ्दै गएको छ । खास गरी पुष्पा र पुष्पा–२ को अपार सफलतापछि उत्तर भारतमा अल्लु अर्जुनको फ्यान फलोइङ र लोकप्रियता द्रुत गतिमा बढ्दै गएको छ । 

यही कारणले गर्दा होला अल्लु हिन्दी विज्ञापनहरूमा पनि देखिन थालेका छन् । यसअघि पेप्सी र थम्स अप जस्ता प्रसिद्ध ब्रान्डका विज्ञापनहरूमा बलिउड स्टार र क्रिकेटरहरूको प्रभुत्व हुन्थ्यो । 

तर यस मामिलामा पनि अल्लु अर्जुन एक्लै क्रिकेट र बलिउड सुपरस्टारहरूमाथि भारी भइरहेका छन् । अल्लु अर्जुन गत वर्ष मात्रै थम्स अपको नयाँ ब्रान्ड एम्बेसडर बनेका थिए । मिडिया रिपोर्टका अनुसार, यो विज्ञापन सम्झौता पछि अल्लु अर्जुन एसियामा सबैभन्दा धेरै पारिश्रमिक लिने ब्रान्ड प्रमोशन एम्बेसडर बनेको बताइएको छ । अल्लु अर्जुनको नयाँ थम्ब्स अप विज्ञापन आजभोलि टिभीमा आइरहेको छ । 

४५ सेकेन्डको यस विज्ञापनमा अल्लु अर्जुनको एक्सन शैली फिल्ममा जस्तै देखिएको छ । अल्लु अर्जुनले थम्स अपको विज्ञापनका लागि ३०० करोड रुपैयाँको सम्झौतामा हस्ताक्षर गरेको मिडिया रिपोर्टहरूमा भनिएको थियो । तर अहिलेसम्म पनि यो कुरा स्पष्ट भएको छैन । अल्लु अर्जुनभन्ला अगाडि   सलमान खान, शाहरुख खान, अक्षय कुमार, रणवीर सिंह, महेश बाबु र विजय देवरकोंडा जस्ता कयौँ स्टारहरूले थम्स अपको विज्ञापन खेलेका थिए । बढ्दो लोकप्रियताका बिचमा अल्लु अर्जुनसँगको पछिल्लो साझेदारीले ब्रान्डको लोकप्रियतालाई अझ बढाउने आशा कम्पनीले गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?