सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

बर्सेनि करिब १५ प्रतिशतले पुष्प व्यवसाय वृद्धि

सोमबार, २६ फागुन २०८१, १५ : ४३
सोमबार, २६ फागुन २०८१

काठमाडौँ । नेपालमा बर्सेनि करिब १५ प्रतिशतले पुष्प व्यवसाय वृद्धि भइरहेको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा रहेको जनाएको हो ।  

हाल बढ्दो सहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य सहरहरू लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलँदो अवस्थामा रहेको फ्यानले जनाएको छ । हाल ५२ जिल्लामा लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । १ हजार १ सय ७४ जनाभन्दा बढी पुष्प व्यवसायीमा संलग्न रहका छन् । यसमध्ये ५३० नर्सरी, ९० कट फ्लावर उत्पादक, १५८ कट फ्लावर खुद्रा व्यवसायी, ६ पुष्प थोक व्यवसायी, २५ ईनपुट सप्लायर्स र ३६५ लुज फ्लावर उत्पादक रहेको फ्यानले जनाएको छ । 

पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर ५१ हजार ५०० भन्दा बढी जनशक्तिहरू रोजगार रहेको फ्यानको दाबी छ । आर्थिक वर्ष  २०७५/७६ मा पुष्पको वार्षिक कारोबार रु.२ अर्ब ४२ करोड रहेकोमा आव ०७७/७८ मा वर्षभरि कोभिड महामारीको कारण पुष्पको व्यवसायीक कारोबारमा कमी आई जम्मा रु. १ अर्ब ६३ करोडमा खुम्चिएको थियो । 

आव २०७८/०८९ मा कोभिडको असर केही कम हुँदा पुष्पको वार्षिक कारोबारमा केहि वृद्धि भएको थियो । आव ०७९/८० मा रु.३ अर्ब ७ करोडभन्दा बढीको कारोबार भएकोमा आव २०८०/८१ मा १९.८६ प्रतिशतले वृद्धि भई रु.३ अर्ब ६८ करोड भन्दा बढीको कारोबार भएको फ्यानले जनाएको छ । 

आर्थिक वर्ष ०८०/८१ को भन्सार विभागको तथ्याङ्क अनुसार पुष्प तथा पुष्पजन्य बस्तुको वार्षिक निर्यात कारोबार रु.१ करोड ०२ लाख १२ हजार रहेको भने आयात कारोबार रु.२७ करोड ७९ लाख ०५ हजार रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?