नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडेद्वारा शपथ ग्रहण
सोमबार, २६ फागुन २०८१, १५ : ०७

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको गभर्नरसमक्ष शपथ ग्रहण गरेका छन् । उनी बैंकको गत मंगलबार बसेको सञ्चालक समितिको ६१७ औँ बैठकबाट अध्यक्ष चयन भएका हुन् ।
पाँडेले प्रचलित कानुन तथा नियमानुसार सोमबार नेपाल राष्ट्र बैंकमा एक कार्यक्रमबिच गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा.निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र तथा नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्च १६ मा धर्तीमा आउने भइन् सुनिता विलियम्स
-
१८ करोडमा जेम्स क्यामरुनले गोविन्दालाई अफर गरेका थिए अवतारमा ?
-
‘झिल्को’ टिजर रिलिज : मोबाइलको लतले समाजमा पारेको असर चित्रण
-
चालु खाता १६६ अर्ब, शोधनान्तर स्थिति २८४ अर्ब बचतमा
-
अनेरास्ववियुको प्रतिबद्धता पत्र : विद्यार्थीलाई २५ युनिटसम्म निःशुल्क बिजुली
-
उप्रेतीको ‘मेरा अतीतका कथाहरु’ नामक पुस्तक लोकार्पण