राष्ट्रिय टोलीमा ध्यान केन्द्रित गर्न आईपीएल नखेल्ने ह्यारी ब्रुकको निर्णय

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करण मार्च २२ तारिखदेखि सुरु हुँदैछ । प्रतियोगिताको मिति नजिकिँदै जाँदा सहभागी टोलीहरु अन्तिम तयारीमा व्यस्त छन् । तर, यसै क्रममा इङ्ल्यान्डका प्रभावशाली खेलाडी ह्यारी ब्रुकले आईपीएल नखेल्ने घोषणा गरेका छन् ।
ह्यारी ब्रुकलाई आईपीएलको आगामी सिजनका लागि दिल्ली क्यापिटल्सले अक्सनमा ६ करोड २५ लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । ह्यारी ब्रुकको उक्त निर्णयपछि उनीमाथि दुई सिजन आईपीएल खेल्न नपाउने गरी प्रतिबन्ध लाग्न सक्ने दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् ।
आईपीएलको नयाँ नियम अनुसार, ठोस कारण बिना नै आईपीएल नखेल्ने निर्णय लिएमा त्यस्ता विदेशी खेलाडीमाथि दुई वर्षको प्रतिबन्ध लाग्न सक्छ । ब्रुकले सामाजिक सञ्जालमार्फत आफू आईपीएलको आगामी संस्करणमा अनुपस्थित रहने जानकारी दिएका हुन् ।
उनले दिल्ली क्यापिटल्सको व्यवस्थापन र समर्थकसँग माफी पनि मागेका छन् । ह्यारी ब्रुकले यसअघि व्यक्तिगत कारण देखाउँदै सन् २०२४ को आईपीएल पनि नखेल्ने निर्णय लिएका थिए । उनले आफ्नो सम्पूर्ण ध्यान राष्ट्रिय टोलीमा केन्द्रीत गर्नुपर्ने भएकाले आफू आईपीएलबाट बाहिरिएको जनाएका छन् ।
‘मेरा लागि यो फैसला लिनु निकै कठिन थियो । तर, राष्ट्रिय टोलीमा ध्यान केन्द्रीत गर्न यस्तो निर्णय लिनुको विकल्प थिएन । यसका लागि म दिल्ली क्यापिटल्सको व्यवस्थापन र समर्थकहरुसँग माफी माग्न चाहन्छु,’ उनले भनेका छन् ।
उनले अन्तिम पटक सन् २०२३ मा आईपीएल खेलेका थिए । त्यतिबेला उनी सनराइजर्स हैदराबादमा आबद्ध थिए । पछिल्लो समय थुप्रै विदेशी खेलाडीले आईपीएल छाड्ने निर्णय लिन थालेका छन् । त्यसैले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले दुई वर्ष प्रतिबन्धको नयाँ नियम लागू गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?