सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

चिनी उद्योगलाई फागुनमै उखु अभाव

सोमबार, २६ फागुन २०८१, १३ : ४७
सोमबार, २६ फागुन २०८१

महोत्तरी । एक दशकअघिसम्म वैशाखसम्म चिनी उच्पादन गर्ने उद्योगलाई अहिले फागुनमै उखु अभाव खेप्नु परेको छ । 

महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग, एभरेष्ट चिनी मिल) लाई यसपालि क्रसिङ व्यस्त हुनपर्ने फागुनमै उखु अभाव खेप्नु परेको छ ।

एक दशकअघिको तुलनामा खेती निकै घटेपछि उद्योगमा चाँडै उखु अभाव भएको हो । एकदशक अघि जिल्लामा १५ हजार बिघा नाघेको उखुखेती पछिल्ला चार÷पाँच वर्षयता ओरालो लाग्दै अब आठ हजार बिघाको सेरोफेरोमा आएको छ । यो पनि पछिल्ला तीन वर्षयता उद्योगले उखुको भुक्तानी क्रमशः सहज बनाउँदै लगेपछि बढेको खेतीले अहिले आठ हजार बिघा पुगेको उखु उत्पादक किसान सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवावाहाले बताए । 

वैशाखसम्म उखु क्रसिङ् हुने उद्योगमा अहिले फागुनमै उखु अभावले पूर्ण क्षमतामा क्रसिङ् हुनसकेको छैन । यसपालि गत मङ्सिर २६ गते क्रसिङ् सुरू भएको उद्योगमा ‘नो क्यान’ (उखु अभाव) ले कैयौँ दिन क्षमता घटाएर क्रसिङ् गर्नुपरेको उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?