माओवादीको निष्कर्ष– ओली सरकारको नालायकीले प्रतिगामी शक्ति आशावादी देखिए

काठमाडौँ । केपी ओली नेतृत्वको गठबन्धन सरकारको नालायकीले गर्दा प्रतिगामी शक्ति आशावादी भएको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले निष्कर्ष निकालेको छ । सोमबार अध्यक्ष प्रचण्ड निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले ओली सरकारको जनविरोधी गतिविधिले प्रतिगामी शक्तिलाई बल पुगेको निष्कर्ष निकालेको हो ।
राजाको शासन कालमा भएका दमन, कुकृत्य अझै जनताले सम्झिरहेका छन् । अहिले सरकारको नालायकीले प्रतिगामी शक्तिहरू आशावादी देखिएका छन् । तर गणतन्त्रको असली हिमायती हाम्रो पार्टी माओवादीमा लागेका लाखौँ कार्यकर्ता समाजवाद ल्याउन लामबद्ध भइसकेका छन्’, बैठकपछि प्रवक्ता अग्नि सापकोटाले भने– ‘पूर्वराजा ज्ञानेन्द्रले पनि शान्त चित्तपूर्वक सोचे हुन्छ । हिजो आफूले शासन गर्दा कुन स्थिति थियो अहिले उहाँलाई बोल्न गणतन्त्रले छुट दिएको छ । संविधान अनुसार बोल्न सबैलाई छुट छ तर विरुद्धमा जान कसैलाई छुट छैन ।’
नेपालको अहिलेसम्मको इतिहास हेर्दा नेपाली जनताले लोकतन्त्रलाई नै साथ दिएको स्मरण गर्दै उनले अब पनि जनताको साथ लोकतन्त्र र गणतन्त्रको रक्षका लागि हुनेमा विश्वास व्यक्त गरे । यद्यपि संसारभर देखिएको अराजकताको फाइदा उठाउँदै धमिलो पानीमा माछा मार्ने कसैले सोचेको भए त्यो दिवास्वप्ना मात्र हुने सापकोटाले जिकिर गरे ।
‘अहिले प्रतिगामी शक्तिद्वारा जुन खालको चलखेर गरिरहेको देखिएको छ । यो समाजवादको आधार तय गर्न ठुलो अवसर हो । संसारभर अहिले अराजकता छ । अन्योलको स्थिति छ । यही परिस्थितिमा धमिलो पानीमा कसैले माछा मार्न सकिन्छ कि भनेर लागेको छ भने त्यो दिवास्वप्न मात्र हो’, उनले भने ।
बहुदलीय व्यवस्थाको प्रतिकका रूपमा राजालाई सिंहासनमा राख्न असम्भव भएको समेत उनले बताए । यस्तै माओवादीले राजालाई समर्थन गर्ने कुरा कल्पना पनि गर्न नसकिने उनले सुनाए । ‘म दृष्टतापूर्वक ती आरोप खारेज गर्छु । जनतालाई भ्रमित पार्ने अन्तर्निहित रहेर माओवादीलाई बदनाम गर्न खोजिएको छ । यसमा कोही पनि भ्रममा पर्न आवश्यक छैन । जनताले रौँ जति पनि विश्वास गरेका छैनन्’, सापकोटाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
-
शिक्षकहरूले भोलिदेखि पार्टी कार्यालय घेराउ गर्ने
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक
-
कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने
-
अध्यक्ष दाहालले गरे ४ विधेयक प्रमाणित
-
पोल्यान्डका विदेशमन्त्रीलाई मस्कले भने- चुप लागेर बस फुच्चे