‘मम’को सिक्वेल बनाउँदै बोनी, कान्छी छोरी खुसीलाई लिड रोल

नयाँदिल्ली । बलिउड निर्देशक बोनी कपूरले आफ्नी दिवङ्गत पत्नी श्रीदेवीको अन्तिम फिल्म ममको सिक्वेल बनाउन लागेका छन् । आइफा अवार्डको क्रममा मिडियासँग कुरा गर्दै बोनी कपूरले आफ्नी छोरी खुसी र जान्हवीप्रति माया देखाउँदै आफ्नो अर्काे फिल्ममा कान्छी छोरी खुसी कपूरलाई खोलाउन सक्ने बताएका थिए ।
‘मैले खुसीका सबै फिल्महरू : आर्चिजदेखि लभयापा र नादानियाँसम्म हेरेको छु । नो इन्ट्री पछि म खुसीको साथ फिल्म बनाउने योजनामा छु । यो फिल्म मम–२ पनि हुन सक्छ । खुसी आफ्नी आमाको पाइलालाई पछ्याउने प्रयास गरिरहेकी छिन् । उनकी आमा एक शीर्ष चलचित्र अभिनेत्री थिइन् । मलाई आशा छ जान्हवी र खुसीले पनि यस्तै सफलता हासिल गर्नेछन् ।’ बोनीले भने ।
ममबाट श्रीदेवीले पाएकी थिइन् राष्ट्रिय पुरस्कार
२०१७ मा रिलिज भएको मम श्रीदेवीको अन्तिम फिल्म बन्यो । रवि उदयवरले निर्देशन गरेको यस फिल्मलाई बोनी कपूरले निर्माण गरेका थिए । फिल्ममा उत्कृष्ट अभिनयको लागि श्रीदेवीले मरणोपरान्त सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाएकी थिइन् ।
बोनी कपूर यतिबेला २००५ को हिट कमेडी फिल्म नो एन्ट्रीको सिक्वेल बनाउन व्यस्त छन् । ‘नो इन्ट्री जुलाई–अगस्ट आसपास रिलिज हुनेछ । यसमा धेरै अभिनेत्रीहरू मुख्य भूमिकामा रहेका छन् । त्यसैले म अहिले केही कुरा गर्न सक्दिन ।
हामीले तीमध्ये केहीलाई अन्तिम रूप दिइसकेका छौँ र केहीलाई अझै अन्तिम रूप दिन बाँकी छ । एकपटक अन्तिम रूप पाएपछि, औपचारिक घोषणा गरिनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक
-
फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोप
-
१० बजे १० समाचार : वीरगञ्जमा झडपपछि कर्फ्यु, ९ ठाउँमा बाटोविनै पुल