अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलगत्तै उत्तर कोरियाले हान्यो ब्यालिष्टिक मिसाइल

प्योङयाङ । सोमबार मध्यान्ह उत्तर कोरियाले एल्लो सी तर्फ अनेकौँ ब्यालिष्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै सो सम्बन्धी समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले छापेका छन् ।
अमेरिका र दक्षिण कोरियाले व्यापक स्तरमा संयुक्त सैन्य अभ्यास सुरु गरेको केही घन्टापछि उत्तर कोरियाले पहिचान खुल्न बाँकी रहेका ती मिसाइल हानेको बताइएको छ । मिसाइल उत्तर कोरियाको ह्वाङगहेए प्रान्तबाट दिउँसो मध्यान्ह १ः५० बजे आसपास प्रहार भएको भनिएको छ ।
आफ्नो सेनाले सतर्कता र निगरानी बढाएको दक्षिण कोरियाको ज्वाइन चफ्सि अफ स्टाफ (जेसीएस)ले भनेको छ । मिसाइलको प्रकार, यसको रेञ्ज लगायत जानकारी पछि सार्वजनिक गरिने जेसीएसले भनेको छ ।
एक दिनअघि मात्रै उत्तर कोरियाको पार्टीको मुखपत्रले अमेरिका र दक्षिण कोरियाबिचको सैन्य अभ्यासलाई आक्रामक र टकराबपूर्ण युद्ध अभ्यास भनेर भनेको थियो ।
गत हप्ता मात्रै उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले कोरियाली प्रायद्वीपमा अमेरिकी सैन्य गतिविधिको प्रतिक्रियामा उत्तर कोरियाले रणनीतिक स्तरको कदम चर्काउनेबारे सोचिरहेको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन