सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

काठमाडौँ र ललितपुरमा चोरी

सोमबार, २६ फागुन २०८१, १३ : २५
सोमबार, २६ फागुन २०८१

काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा आइतबार चोरी भएको छ ।

काठमाडौँ महानगरपालिका-२६ गोंगबु डेरा गरी बस्ने लमजुङ दोर्दी गाउँपालिका-२ घर भएकी ३७ वर्षीया सोभिता नेपालको कोठाबाट करिब ४ लाख ७५ हजार रुपैयाँ बराबरका सुनका गरगहना आइतबार राति चोरी भएको छ । 

यसैगरी, ललितपुर महानगरपालिका-२६ सुनाकोठी दिकुचा मार्ग बस्ने पुष्पराज बलामीको घरबाट करिब ११ लाख ६५ हजार रुपैयाँ बराबरका सुन तथा चाँदीका विभिन्न गरगहाना आइतबार चोरी भएको छ । 

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?