बैतडीमा दुई किशोरी बलात्कृत
सोमबार, २६ फागुन २०८१, १३ : २०

बैतडी । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शिवनाथ गाउँपालिका-१ कुस्मौतघाट बस्ने ३० वर्षीय चक्र सिंह साउदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
साउदले ती किशोरीलाई ललाई फकाई सोही गाउँपालिका-१ सालको ईजरस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुस्मौतघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी बैतडीमै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेलौली नगरपालिका-१ बस्ने २५ वर्षीय मनोज सिंह नायकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
नायकले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बयलचौरबाट खटिएको प्रहरीले उनलाई पाटन नगरपालिका-१ गडालेकबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मञ्जुश्री ट्रेल रेस चैतमा
-
कमल थापाले भने– राजाको आह्वानलाई जनताको अनुमोदन
-
बम राखिएको हल्लापछि न्युयोर्क उडेको विमान साढे ८ घण्टापछि मुम्बई डाइभर्ट
-
लामिछाने तारिखका लागि वैशाख २३ गते पुनः रुपन्देही आउनुपर्ने
-
सर्त राखेर परमाणु कार्यक्रममाथि अमेरिकासँग वार्ता गर्न तयार भयो इरान
-
४५ सेकेण्डको विज्ञापनका लागि अल्लु अर्जुनलाई कसले दियो ३०० करोड ?