सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

एउटै जेलका १३ कैदीमा एचआईभी पोजेटिभ, जेलरले के भने ?

सोमबार, २६ फागुन २०८१, १३ : १७
सोमबार, २६ फागुन २०८१

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको मऊ जिल्ला कारागारमा १३ कैदीमा ‘एचआईभी पोजेटिभ’ (एड्स) सङ्क्रमण पाइएको छ । एचआईभी पोजेटिभ पाइएका कैदीमध्ये १० जना बलियाका र तीन जना मऊ जिल्लाका छन् ।

बलिया जिल्ला कारागार निर्माणाधीन रहेकाले त्यहाँका कैदीलाई पनि मऊस्थित जेलमा राखिएको छ । जेलर आनन्द शुक्लाका अनुसार एचआईभी सङ्क्रमित कैदीमध्ये केहीले जेलमा आउनुअघि बलियाको दादरीस्थित मेलामा टाटु खोपेका थिए ।

यस्तै सङ्क्रमित केही भने लागु पदार्थ दुर्व्यसनी थिए । टाटु खोप्दा वा दुर्व्यसनीका क्रममा इन्जेक्सन प्रयोग गर्दा एचआईभी सङ्क्रमण भएको हुन सक्ने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?