अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा संखुवासभा मकालु गाउँपालिका-२ घर भई काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-८ हात्तीगौंडा बस्ने २१ वर्षीय सालिकराम बानिया र मकवानपुर इन्द्रसरोवर गाउँपालिका-३ घर भई काठमाडौँ कीर्तिपुर नगरपालिका-१४ चोभार बस्ने ३१ वर्षीया एलिना पुरी रहेका छन् ।
पक्राउ मध्ये सालिकरामले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रुपैयाँ र एलिनाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौँ टेकुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली आफैँले लिएको परीक्षामा फेल भएः प्रभु साह
-
उमा कुङ्फु संघले मनायो विश्व ताइची तथा छिकुङ दिवस
-
सरकारले आफ्नो आयुको भन्दा उपलब्धीको चर्चा गरोस् : सांसद मनिष झा
-
रास्वपाको प्रश्न: पोखरा विमानस्थलमा भएको भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही गर्ने हिम्मत छ ?
-
फटाहा कुरा गर्ने ‘स्थापित फटाहा’हरु नै हुन् : प्रधानमन्त्री
-
यथार्थपरक नीति तथा कार्यक्रम ल्याउन संसदीय समितिको निर्देशन