सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय
पदाधिकारी बैठक

माओवादीले प्रतिगमनविरुद्ध प्रतिरोध जुलुस निकाल्ने

४ बजे समाजवादी मोर्चाको बैठक आह्वान
सोमबार, २६ फागुन २०८१, १३ : १३
सोमबार, २६ फागुन २०८१

काठमाडौँ । समाजवादी मोर्चाको बैठक आज ४ बजे बस्ने भएको छ । बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पछिल्लो समय हिन्दुवादी, राजावादी सक्रियताले देशको परिस्थिति गम्भीर रहेको निष्कर्ष निकालेको थियो ।

गम्भीर परिस्थितिलाई कसरी सामना गरेर जाने भन्ने विषयमा मोर्चाको बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । बैठकले कुनै निर्णय नगरेको उनले जिकिर गरे । साथै प्रतिगामी शक्तिको प्रतिरोधमा काउन्टर जुलुस निकाल्ने निर्णय भएको पौडेलले बताए । मोर्चाको बैठकमा छलफल गरेर मात्र माओवादीले निर्णय गर्ने उनको भनाइ छ । 

‘देशको पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा भएको छ । अध्यक्षले सडकमा हिन्दुवादीको सक्रियता, प्रतिगामी तथा राजावादीको सक्रियताले राजनीति गम्भीर बन्दै गएको ब्रिफिङ गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकूल रहेकाले गणतन्त्रवादी र वामपन्थी शक्तिहरू मिलेर जानुपर्छ भन्ने कुरा राख्नुभएको छ । समाजवादी मोर्चामा आबद्ध दलहरूसँग छलफल गरेपछि प्रतिरोध जुलुस निकाल्ने निर्णय भएको छ । तिथि मिति तोकिएको छैन । यसबारे भोलि बस्ने बैठकले निर्णय गर्छ’, उनले भने । 

पौडेलले पूर्व–पश्चिम हुलाकी मार्ग अन्तर्गत बारा, पर्सा र चितवनको अभियान जारी राख्ने बताए । बाँकी ठाउँको विषयमा अर्को बैठकले निर्णय गर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?