चैत १ गतेदेखि बृहत् राष्ट्रवादी आन्दोलन गर्छौँ: राणा
सोमबार, २६ फागुन २०८१, ११ : ५०

काठमाडौँ । राप्रपाका महामन्त्री डा धवलशमशेर राणाले चैत १ गतेदेखि वृहत् राष्ट्रवादी आन्दोलन गर्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजतन्त्र फर्काउने उद्देश्यका साथ चैत १ गतेदेखि बृहत् राष्ट्रवादी आन्दोलनको सुरुवात गरिने बताए ।
‘अब राष्ट्र, धर्म, संस्कृतिको रक्षा तथा स्वाभिमानी नेपाल निर्माणका लागि आउँदो चैत महिनाको १ गतेदेखि बृहत् राष्ट्रवादी अआन्दोलनको सुरुवात गरिँदै छ। सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीहरूलाई सक्रिय सहभागिताको लागि आह्वान गर्दछु’, उनले भने।
राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका उनले पूर्वराजा ज्ञानेन्द्र शाह स्वागत भव्य भएको समेत बताए । राप्रपाले यसअघिदेखि नै आन्दोलनको तयारीस्वरुप काठमाडौँसहित विभिन्न सहरमा प्रदर्शन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ