सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा आयोजक यतीले जित्यो दुवै उपाधि

सोमबार, २६ फागुन २०८१, ११ : ४३
सोमबार, २६ फागुन २०८१

काठमाडौँ । यती फुटबल क्लबले कँडेल कन्सल्टेन्सी कपको १४ औँ संस्करणको उपाधि चुमेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ गोलले हराउँदै आयोजक यती फुटबल क्लब च्याम्पियन बनेको हो ।

अस्ट्रेलियाको मेलबर्नस्थित डेराविन स्पोटर्स सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतीका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले एक–एक गोल गरे । रोयल वेष्टर्नका लागि भने आकाश बुढामगर र रवि थिङले एक–एक गोल फर्काए । 

विजयी टोलीका गोलरक्षक एलन न्यौपाने प्लेयर अफ दि फाइनल बने । यती फुटबल क्लबले ट्रफीसँगै १२ हजार अस्ट्रेलियन डलर नगद पुरस्कार पनि हात पार्यो । उपविजेता बनेको रोयलले चार हजार पाँच सय डलर पुरस्कार पायो ।

 प्रतियोगिताकै क्रममा खेलाइएको ३५ वर्षभन्दा माथिका खेलाडीहरुको स्पर्धामा पनि यती फुटबल क्लब नै विजयी भयो । यतीले फाइनलमा मकआर्थर नेप्लीज क्लबलाई ४–३ गोलले हरायो । यतीका लागि सागर थापा, जुमानु राई, पंकज लामिछाने र युकेश श्रेष्ठले एक–एक गोल गरे । 

युकेश प्लेयर अफ दि फाइनल घोषित भए । पराजित टोली मकआर्थर नेप्लीजका लागि अनिल गुरुङले दुई र राजेशले एक गोल फर्काए । विजेता यतीले दुई हजार पाँच सय र उपविजेताले एक हजार डलर नगद पुरस्कार प्राप्त गरे ।  ब्यक्तिगत विधातर्फ आयोजक टोलीकै खेलाडीको बर्चस्व रह्यो ।

यती एफसीका सुमन लामा सर्वोत्कृष्ट खेलाडी घोषित भए । यतीकै एलन न्यौपाने उत्कृष्ट गोलरक्षक र आशिष लामा सर्वाधिक गोलकर्ता बनेका थिए । उनले ६ खेलमा १० गोल गरेका थिए । यसैगरी, ३५ वर्षमाथि सागर थापा र अनिल गुरुङले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए । सागर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

यतीकै कवुस आमात्य सर्वोत्कृष्ट गोलरक्षक बने । उनीहरु सबैले जनही दुई सय डलर पुरस्कार हात पारे । प्रतियोगितामा अस्ट्रेलियाका बिभिन्न राज्यबाट ४० टोलीको सहभागिता रहेको जानकारी प्रतियोगिताका संयोजक सज्जन शर्माले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?