जेठमा प्रदर्शन मिति तोक्दै ‘हेल्लो काशीराम’ ले ल्यायो फस्टलुक्स

काठमाडौँ । फिल्म ‘हेल्लो काशीराम’ को फष्टलुक्स सार्वजनिक गरिएको छ । निर्माण युनिटले फष्टलुक्समा फिल्मको एक पोस्टर बाहिर ल्याएको हो । जसमा प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । पोस्टरमा निर्माण युनिटले फिल्मको प्रदर्शन मिति आगामी २०८२ जेठ २ गतेलाई तय गरेको छ ।
पोस्टरमा अभिनेता दिलीप रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ । जसले दर्शकलाई फिल्म कमेडी शैलीमा निर्माण भएको सङ्केत गर्छ । फिल्मको कथावस्तु अहिले खुलाइएको छैन । तर निर्माण टिमका अनुसार, छिट्टै सार्वजनिक हुने टिजरमार्फत थप जानकारी उपलब्ध गराइनेछ ।
फिल्ममा दिलीप रायमाझीसँगै सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायाललगायतको अभिनय छ ।
फिल्मको निर्देशन रिम विश्वकर्माले गरेका हुन् । फिल्ममा दर्शकले चर्चित अभिनेत्री प्रियङ्का कार्कीलाई विशेष गेस्ट रूपमा देख्न पाउनेछन् ।
रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन रिमा विश्वकर्माले गरेका हुन् । यसका निर्माता पीबी थापा रहेका छन् भने यम आलेले फिल्म खिचेका हुन् । डेढ करोडको लागतमा निर्माण भएको फिल्ममा मित्रडी गुरुङको सम्पादन छ ।
फिल्मको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् । द्वन्द्व शङ्कर महर्जनको फिल्मको अन्तर्राष्ट्रिय मिडिया म्यानेजमेन्टको जिम्मा ‘सेलिब्रेटी टाइम्स प्रालि’ले लिएको छ । नेपालभित्र मात्र नभई, विदेशमा रहेका नेपाली दर्शकमाझ पनि फिल्मको पहुँच पुर्याउन डिजिटल र पारम्परिक माध्यमहरू प्रयोग गरिने सेलिब्रेटी टाइम्सले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिगमनकारी तथा पुनरुत्थानवादीका कुकर्मको नाङ्गेझार पार्न अपिल
-
सेयर बजारमा लगातार छैटौँ दिन गिरावट, कारोबार पनि घट्यो
-
श्रम बजारको व्यवस्थापन गर्न नसक्दा युवा जनशक्ति वैदेशिक श्रम बजारको चपेटामा पर्यो : मन्त्री भण्डारी
-
कर्णाली र मधेस सरकारमा कांग्रेस किन असन्तुष्ट ?
-
२०० करोड माथिको निर्यात गर्ने काबरा ग्रुपको लक्ष्य
-
चैत १ गतेदेखि भृकुटीमण्डपमा ‘पुष्प मेला’