सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

कहिले बन्ला प्रभासको हरर कमेडी ‘राजा साहेब’ ?

सोमबार, २६ फागुन २०८१, ११ : ३२
सोमबार, २६ फागुन २०८१

नयाँ दिल्ली । साहो, राधेश्याम र आदिपुरुष तीन मेगा बजेटका फिल्म फ्लप दिएपनि दक्षिण भारतीय अभिनेता प्रभासको करियर सलार पार्ट वान र कल्की २८९८ एडीले केही लयमा फर्काएको छ । यस वर्ष अभिनेताको फिल्म राजा साब रिलिज हुने भनिएको थियो । तर यतिबेला यो फिल्मले अनेकौं अड्चन र व्यवधानको सामना गरिरहेको छ । 

प्रभासले आफ्नो अभिनय करियरमा पहिलो पटक राजा साबमार्फत हरर कमेडीमा हात हाल्दैछन् । यस फिल्मलाई लिएर उनका फ्यानहरूमा धेरै उत्साह छ । मेकरहरूले अप्रिल १० मा फिल्म रिलिज गर्ने घोषणा गरेका थिए, तर फिल्म निर्माणसँग सम्बन्धित स्रोतहरूले यो मितिमा फिल्म रिलिज हुन नसक्ने बताएका छन् । फिल्मका तीन गीतहरू छायांकन गर्न बाँकी छ । यी गीत छायांकनका लागि निधि अग्रवाल र मालविका मोहननसँग समय छैन । 

राजा साबको मुख्य समस्या हिरोइनहरूको समयभन्दा पनि पैसासँग सम्बन्धित रहेको बताइएको छ । जानकारी अनुसार फिल्मको गत महिनाको शेड्यूल रद्द गरिएको छ । यसको कारण फिल्मसँग सम्बन्धित सबै प्राविधिकहरूलाई उनीहरूको बक्यौता भुक्तानी नगरिएको बताइएको छ । सम्पादन टेबलमा पुगेको फिल्मको फुटेज लगभग साढे तीन घण्टा लामो रहेको बताइएको छ । अर्को महिनामा रिलिज हुने अवधिसम्म फिल्म सम्पादन गर्नु ठुलो काम हो । फिल्मको लागि आवश्यक भिजुअल इफेक्टको काम पनि पैसाकै कारण अड्किएको छ ।

फिल्म अप्रिल १० मा रिलिज भएन भने यसलाई बनाउने कम्पनी, पिपल मिडिया फ्याक्ट्रीले यसलाई दशहरामा रिलिज गर्न खोजिरहेको छ । तर समस्या यो छ कि वर्षको दोस्रो अर्धवार्षिक अवधिमा दक्षिण भारतीय सिनेमाका धेरै ठूला फिल्महरू पहिले नै पूर्व–घोषित मितिहरूमा रिलिजको पर्खाइमा छन् । यस फिल्मको लागि प्रभासले जुन समय छुट्याएका थिए यसलाई उनले अर्को फिल्मको लागि प्रयोग गरेका छन् । 

प्रभास छिटै नै निर्देशक सन्दीप रेड्डी वांगाको फिल्म स्पिरिटको छायांकन सुरु गर्नुपर्नेछ । एक पटक यो फिल्मको छायांकन सुरु भएपछि यस  फिल्ममा प्रभासको लुक अन्य कुनै फिल्ममा काम लाग्ने छैनन् । कल्की २८९८ एडीको सिक्वेलको काम पनि सुरु भएको छ । फिल्म मेकरहरूले अहिलेसम्म कुनै नयाँ रिलिज मिति घोषणा नगरेकाले राजा साबको समस्या कहिले समाधान हुन्छ भनेर भन्न सकिने अवस्था छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?