राजनीति
एकीकृत समाजवादीले चैत १ गते आन्दोलन घोषणा गर्ने
सोमबार, २६ फागुन २०८१, ११ : ०६

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार ११ बजेपछि बस्ने गरी बोलाएको एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताए ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूको चलखेल र आन्दोलनका कार्यक्रमबारे छलफल हुने सो पार्टीका नेताहरूले बताएका छन् ।
सो पार्टीले आगामी चैत १ गते पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । सरकार र सत्तारुढ दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सल्बलाउन थालेको एकीकृत समाजवादीका नेताहरूले बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय टोलीमा ध्यान केन्द्रीत गर्न आईपीएल नखेल्ने ह्यारी ब्रुकको निर्णय
-
प्रधानमन्त्री ओलीले भने– एउटा जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा छैन
-
चितामै शव छाडेर भागे मलामी, हेलमेट लगाएर गर्नुपर्यो अन्तिम संस्कार
-
अन्ततः राप्रपाले तिर्यो महानगरपालिकालाई १ लाख रुपैयाँ जरिबाना
-
दुई वर्षमै बेलायतमा किनबेच होला ल्याबमा हुर्काइएको मासु ?
-
पुँजी बजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित हुँदैन : मन्त्री भण्डारी