सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

बिना अनुमति काठमाडौँ आएका ७ जना भारतीय प्रहरी दूतावासको जिम्मा

सोमबार, २६ फागुन २०८१, १० : ००
सोमबार, २६ फागुन २०८१

काठमाडौँ । अनुमति नलिइकन आरोपी पक्राउ गर्ने उद्देश्यले काठमाडौँ आएका ७ जना भारतीय प्रहरीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नियन्त्रणमा लिएको छ । ठमेलस्थित अलफ्ट होटलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनीहरू फागुन १२ मा काठमाडौँ आएर अलफ्ट होटलमा बसेका थिए ।

उनीहरूलाई ठमेलबाट नियन्त्रणमा लिएर सीआईबीको टोलीले भारतीय दूतावासको जिम्मा लगाएको छ । प्रहरी स्रोतका अनुसार दूतावासले उनीहरूलाई हवाई मार्गमार्फत भारत फिर्ता पठाएको छ ।

पञ्जाबबाट आएको भारतीय प्रहरी टोली एक जना भारतीय आरोपी खोज्दै काठमाडौँ आएका हुन् । उनीहरूले नेपाल प्रहरीको आधिकारिक विभागसँग समन्वय नगरेको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?