शाहीलाई रिमालको जवाफ : काँक्रा चोरहरू पोल खुल्ने डरमा अर्काको गालामा बियाँ टाँस्छन्

काठमाडौँ - एमाले नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राप्रपा सचेतक ज्ञानेन्द्र शाहीलाई नालायक भएको टिप्पणी गरेका छन्। फेसबुकबाटै राप्रपा सांसद शाहीले लगाएको आरोप खण्डन गर्दै रिमालले 'मलाई यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन' भनेर लेखेका छन्।
आइतबार पूर्वराजालाई विमानस्थलमा स्वागत गर्ने क्रममा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री ओलीको निर्देशनमा राख्न लगाएको आरोप लगाएपछि रिमालले त्यसको जवाफ फर्काएका हुन्।
रिमालले फेसबुकमा लेखेका छन्-
काँक्रा चोरहरू
काँक्रा चोर्छन्, खान्छन्,
पोल खुल्ने डरमा
हत्तपत्त अर्काको गालामा बियाँ टाँसी
कुलेलम ठोक्छन् !
दलालहरू-
पहिले दलाली गर्छन्
दलालीको पोल खुलेपछि
खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन् !
डिसइन्फरमेसनको सहारामा मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट भ्रम फैलाएको र शाहीले भ्रमको खेती गर्दै आएका पनि रिमालले आरोप लगाएका छन्। उनले लेखेका छन्- यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५/५ चोटी इडिट गरेको हिस्ट्रीले आफैँ बताउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिगमनकारी तथा पुनरुत्थानवादीका कुकर्मको नाङ्गेझार पार्न अपिल
-
सेयर बजारमा लगातार छैटौँ दिन गिरावट, कारोबार पनि घट्यो
-
श्रम बजारको व्यवस्थापन गर्न नसक्दा युवा जनशक्ति वैदेशिक श्रम बजारको चपेटामा पर्यो : मन्त्री भण्डारी
-
कर्णाली र मधेस सरकारमा कांग्रेस किन असन्तुष्ट ?
-
२०० करोड माथिको निर्यात गर्ने काबरा ग्रुपको लक्ष्य
-
चैत १ गतेदेखि भृकुटीमण्डपमा ‘पुष्प मेला’