गर्मीमा भुलेर पनि खान हुँदैन यी पाँच कुरा

काठमाडौँ । गर्मी मौसममा स्वास्थ्य राम्रो राख्न हामी आफ्नो खानामा अनेकौँ खानेकुरा समावेश गर्छौ । यी चीजहरूले शरीरलाई शीतल त राख्न नै समग्र स्वास्थ्यमा पनि सुधार ल्याउँछ । तर, गर्मी मौसममा हामीले आफ्नो आहारमा केही चीजहरूलाई समावेश गर्नु हुन्न ।
यस्ता चिजले शरीरमा गर्मी बढाउने र डिहाइड्रेसनको समस्या गराउन सक्छ । गर्मी याम सुरु हुनै लागेको छ । यस्तो अवस्थामा, हामीले आफ्नो खानपानमा विशेष ख्याल राख्नु जरुरी छ । आजको यस लेखमा हामी गर्मी मौसममा खान नहुने केही खानेकुराबारे कुराकानी गर्न गइरहेका छौँ ।
- मसालेदार खाना:
गर्मीमा मसालेदार चीजहरूबाट टाढा रहनु उचित हुन्छ । मसालेदार खानामा पाइने क्याप्साइसिनले स्वास्थ्यमा धेरै नराम्रो असर पार्छ । यसले निर्जलीकरण त गर्छ नै शरीरको तापक्रम पनि बढाउँछ, जसले गर्दा अपच र बेचैनी हुन्छ ।
- कफी:
धेरै मानिसहरूले गर्मीमा आलस्य र अल्छीबाट बच्न कफीको सहारा लिन्छन् । तर गर्मी महिनामा यसको सेवन हानिकारक हुन सक्छ । कफीले ड्यूरेटिकको रूपमा काम गर्छ, जसले गर्दा डिहाइड्रेसन हुन्छ र शरीरको तापक्रम बढ्छ ।
- कार्बाेनेटेड पेय पदार्थ:
गर्मीमा तनलाई चिसो राख्न मानिसहरू हल्का पेय पदार्थको सेवन धेरै गर्छन् । तर यस्ता पेयमा चिनीको मात्रा बढी हुन्छ । यसको अतिरिक्त, यसले निर्जलीकरण निम्त्याउँछ । डिहाइड्रेसनबाट बच्न यी पेय पदार्थहरूबाट टाढा रहनुहोस् ।
- ड्राई फ्रुट्सः
स्वास्थ्यको लागि ड्राई फ्रुट्स निकै फाइदाजनक मानिन्छ । तर गर्मीमा यसलाई खाँदा धेरै समस्या हुन सक्छ । गर्मी मौसममा यी खानेकुरा खाँदा शरीरको तापक्रम बढ्न सक्छ र डिहाइड्रेट हुन सक्छ ।
- तारेको खानेकुरा:
गर्मीमा बर्गर, समोसा र फ्रेन्च फ्राइज जस्ता तारेको खानेकुराबाट बच्नुपर्छ । यी खानेकुराहरूमा नुनको मात्र बढी हुन्छ जसले डिहाइड्रेसन बढाउँछ । गर्मीमा यी खानेकुरा पचाउन पनि गाह्रो हुन्छ । गर्मी मौसममा डिहाइड्रेसन र पाचन समस्याबाट बच्नको लागि भुटेको वा तारेको खानेकुराबाट टाढा रहनु उचित हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा