च्याम्पियन्स ट्रफी जितेपछि भारतीय कप्तान शर्माले भने– यस्ता भ्रम नफैलाइयोस्
सोमबार, २६ फागुन २०८१, ०९ : ५२

नयाँ दिल्ली । न्यजिल्याण्डलाई पराजित गर्दै भारतले आइतबार राति आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट जितेको छ । जितपछि भारतीय कप्तान रोहित शर्माले पत्रकार सम्मेलनमा आफ्नो धारणा प्रस्ट पारेका छन् ।
कप्तान रोहित शर्माले आफ्नो सन्न्यासबारे भइरहेका अड्कलबाजीलाई खारेज गरिदिएका छन् । उनले एक दिवसीय क्रिकेटमा आफूले अहिले नै सन्न्यास नलिने प्रस्ट पारे ।
रोहितले भने, ‘म यो फर्म्याटमा सन्न्यास लिन गइरहेको छैन । म स्पष्ट पार्न चाहन्छु कि आगामी दिनमा यस्ता भ्रम नफैलाइयोस् ।’