सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

सोमबार, २६ फागुन २०८१, ०८ : ००
सोमबार, २६ फागुन २०८१

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्न लागेको छ। 

बिहान ८ बजेपछि बस्ने बैठकमा नेताहरूको जिम्मेवारी, तराई–मधेस जागरण अभियानको अहिलेसम्मको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारबारे छलफल हुनेछ ।

यस्तै राजावादीको सक्रियताका विषयमा पनि छलफल हुने एक नेताले बताए । 

फागुन १२ गते झापाको कचनकवलबाट तराई–मधेस जागरण अभियान सुरु गरेको माओवादी राजावादीहरूको गतिविधि बढेपछि अभियान स्थगित गरेर काठमाडौँ केन्द्रित भएको छ । माओवादीले अभियानको नयाँ तालिका छिट्टै सार्वजनिक गर्ने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?