बाजुरामा ट्याक्टर दुर्घटना: चालकको मृत्यु, १२ वर्षीय छोरा घाइते
सोमबार, २६ फागुन २०८१, ०७ : ४३

धनगढी । बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ स्थित चिराल्नामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने उनका १२ वर्षीय छोरा घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार राति ११ बजे बुढिगंगातर्फ जाँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर कच्ची सडकमा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा बुढिगंगा नगरपालिका–४ खोलालवाडाका ३२ वर्षीय ट्याक्टर चालक पदम रावतको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टरको ट्रालीमुनि च्यापिएर उनको ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सवारीमा सवार मृतक रावतका १२ वर्षीय छोरा शमशेर रावत घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। ट्याक्टरमा रहेका अन्य दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५०० मेगावाट क्षमताका ४० सोलार आयोजनाले पाए सर्भे अनुमति
-
सबै मानिस जागिर मात्रै खोज्छन् : प्रधानमन्त्री ओली
-
महिला न्यायाधीशहरु न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
-
काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर
-
को हुन् क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नी ?
-
ध्यान केन्द्र बनाउन विदेशी अनुदान चाहिन्न