स्वास्थ्य मन्त्रालयद्वारा डा. क्षेत्रीलाई सेवाबाट हटाउने तयारी
सोमबार, २६ फागुन २०८१, ०७ : ३९

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कन्सल्टेन्ट नेफ्रोलोजिष्ट (नवौँ तह) डा. सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी गरेको छ ।
गत साउन १८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालय उपस्थित भएपछि उनलाई मन्त्रालयले सेवाबाट हटाउने तयारीस्वरुप दोस्रो पटक स्पष्टीकरण सोधेको हो ।
यसअघि गत फागुन १० मा उनलाई ७ दिने स्पष्टीकरण सोधिएको थियो । तर उनको स्पष्टीकरण सन्तोषजनक नभएकाले अहिले फेरि सेवाबाट किन नहटाउने भनी १५ दिनको समय दिएर अर्को स्पष्टीकरण सोधिएको हो ।
मन्त्रालयले सेवाबाट हटाउनु नपर्ने कुनै कारण भए सबुत प्रमाणसहित स्पष्टीकरण पेस गर्न भनेको छ । यसबारे मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना नै प्रकाशित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचित हुँदैमा जनप्रतिनिधि विधि र नियमभन्दा माथि हुँदैन: उपप्रधानमन्त्री सिंह
-
नेपाली निर्माता जोशीको अङ्ग्रेजी फिल्म बेलायतका सिनेमा हलमा
-
रविले भने, ‘म बाेल्ने समय नजिक आउँदैछ’ (भिडियोसहित)
-
मेस्सीको अनुपस्थितिमा इन्टर मियामीको लगातार तेस्रो जित
-
विदेशी शक्तिको आडमा राजावादी सक्रिय भएको माओवादीको आशंका
-
५०० मेगावाट क्षमताका ४० सोलार आयोजनाले पाए सर्भे अनुमति