७४५ अलावी अल्पसंख्यकको ‘नरसंहार’पछि सिरियाली राष्ट्रपतिले गरे शान्तिको आह्वान

काठमाडौं । अलावी धार्किक अल्पसंख्यक समुदायका सयौँ नागरिक मारिएपछि सिरियाली नेता अहमद अल-शराले बल्ल शान्तिको आह्वान गरेका छन् । कयौं दिनको झपडपछि उनले शान्तिको आह्वान गरेका हुन् ।
बेलायतस्थित सिरियन अब्जरभटरी फर ह्यूमन राइट्सले शुक्रबार र शनिबार पश्चिमी तटमा अलावी नागरिकलाई निशाना बनाएर गरिएका ३० ‘नरसंहार’मा लगभग ७४५ जना मारिएका छन् ।
बढ्दो हिंसामा परी मर्नेहरुको संख्या स्वतन्त्र रुपमा अझै पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ । जसलाई असद शासन पतनपछि सबैभन्दा खराब मानिएको छ । राष्ट्रपति शराले भने, ‘यथासम्भव राष्ट्रिय एकता र नागरिक शान्ति कायम राख्न जरुरी छ । तब हामी यस देशमा एकसाथ रहन सक्छौं ।’
सिरियन अब्जरभेटरीका अनुसार पछिल्लो चार दिनमा मारिने लडाकुको संख्या एक हजारभन्दा माथि छ । यसमा नयाँ इस्लामवादी नेतृत्वको सरकारसँग जोडिएका १२५ लडाकु र १४८ जना असद समर्थक लडाकु रहेका छन् ।
राष्ट्रपति शराले हिंसाको जाँच सुरु भएको र यसमा जिम्मेवार व्यक्तिको पहिचान गरेर दोषीलाई कारागार पठाइने बताएका छन् । यद्यपि, उनले तटीय प्रान्त लताकिया र टारटसमा आफ्ना समर्थकले गरेका अत्याचार तथा आरोपबारे कुनै टिप्पणी गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा अस्पतालको बोर्ड तोर्डमाेड गरेको अरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा
-
नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने
-
पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
-
यस्तो छ ‘मोहर’मा पलको गेटअप
-
ग्लेन फिलिप्सको स्थानमा श्रीलंकाली अलराउण्डर दासुन शनाकालाई भित्रायो गुजरात टाइटन्सले
-
सिक्किममा निश्चललाई स्वर्ण