मार्क कार्नी क्यानाडाको प्रधानमन्त्री चुनिए, ट्रम्पलाई दिए कडा जवाफ
सोमबार, २६ फागुन २०८१, ०५ : ३५

काठमाडौं । मार्क कार्नी क्यानाडाको प्रधानमन्त्री एवं लिबरल पार्टीको नेता चुनिएका छन् । चुनावी दौडमा जित हासिल गर्दै उनले जस्टिन ट्रुडोको ठाउँ लिएका हुन् । उनले आगामी दिनमा प्रधानमन्त्रीको शपथ लिनेछन् । कार्नीले तीन प्रतिस्पर्धीकाबीच चुनावी दौड पार गरे । उनले आउने आम चुनावमा लिबरल्सको नेतृत्व गर्ने छन् ।
चुनाव जितेसँगै कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा जवाफ एवं सन्देश दिएका छन् । उनले ‘अमेरिकाले सम्मान नदिएसम्म’ अमेरिकी वस्तुमाथि प्रतिशोधात्मक भन्सार शुल्क जारी राख्ने कसम खाएका छन् ।
यसअघि निवर्तमान प्रधानमन्त्री ट्रुडोले भने, ‘हाम्रो छिमेकीसँग अस्तित्वगत खतराको सामना गरिरहनु परेको छ ।’ उनले ट्रम्पले लागू गरेको भन्सार शुल्क र ५१ औं राज्य बनाउने धम्कीप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणा आज
-
सत्तारुढ दलको बैठक आज बस्ने, के छन् छलफलका एजेन्डा ?
-
भौतिक मन्त्रालयको आगामी बजेट : नयाँ आयोजना नराख्ने, कति पाए फास्ट ट्र्याक र रेलले ?
-
पहलगाम हमला : अनुत्तरित छन् यी ३ प्रश्न
-
तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?