सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

इटालियन सिरी’ए : एटलान्टाको फराकिलो जित, युभेन्ट्स हार्‍यो

सोमबार, २६ फागुन २०८१, ०५ : १४
सोमबार, २६ फागुन २०८१

काठमाडौं । इटालियन सिरी’एमा एटलान्टाले फराकिलो जित निकाल्दा नापोली, बोलोग्ना र एएस रोमाले सामान्य जित हासिल गरेका छन् । आइतबार राती एटलान्टटाले युभेन्ट्सलाई ४-० गोल अन्तरले हरायो । 

एटलान्टालाई विजयी गराउन मातेओ रेतेगुई, मार्टन डी रुन, डेभिड जाप्पाकोस्टा र एडेमोला लुकम्यानले एक-एक गोल गरे । योसँगै एटलान्टा ५८ अंक जोडेर तेस्रो स्थानमा कायम छ ।  

यस्तै, अन्य खेलमा दोस्रो स्थानको नापोलीले फायोरेंटिनालाई २-१ ले हराउँदा एएस रोमाले इम्पोलीलाई १-० ले हरायो । यस्तै, बोलोग्नाले हेलस भेरोनालाई २-१ ले स्तब्ध तुल्यायो । २८ औं चरणको एक खेल बाँकी हुँदा इन्टर मिलान ६१ अंकका साथ शीर्ष स्थानमा छ भने नापोलीको ६० अंक छ । युुभेन्ट्सभने ५२ अंकका साथ चौथो स्थानमा छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?