नोबेल अस्पताल सञ्चालक डा.शर्मालाई सम्मान
बिराटनगर–स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत बिराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई सम्मान गरिएको छ । सुलभ मिडिया प्रा.लि.द्वारा सञ्चालित मकालुखबर अनलाईनको प्रथम बार्षिकोत्सवको अवसर पारेर राजधानीमा डा.शर्मालाई सम्मान गरिएको हो ।
कार्यक्रममा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री गिरीराजमणी पोख्रेल र मकालुखबरका अध्यक्ष फिलिप डिसीले सम्मानपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मानित गरेका थिए । स्वास्थ्य सेवाबाट बञ्चित नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा तथा निःशुल्क स्वास्थ्य शिक्षा उपलब्ध गराएर उदाहरणीय काम गरेकाले डा.शर्मालाई सम्मान गरिएको मकालुखबरका प्रधान सम्पादक केशव सापकोटाले जानकारी दिए ।
सम्मानित भएपछि बोल्दै डा.शर्माले आफु सामाजिक काममा बामे सर्दै गरेकाले अझै समाजसेवामा समर्पित भएर लाग्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा डा.शर्मासँगै शिक्षासेवी जोर्ज जोन, महिला अधिकारबादी नेतृ भगवती चौधरी र संगीतकार शक्ति बल्लभलाई पनि सम्मान गरिएको थियो ।
डा.शर्माद्वारा सञ्चालित नोबेल अस्पतालले २०७४ सालको अवधिमा मात्रै १ लाख ३ हजार ५ सय ४२ बिरामीलाई निःशुल्क उपचार गरेको छ । अस्पतालबाट ५५ हजार ९ सय ५९ बिरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० मुल्य वरावरको निःशुल्क उपचार गरिएको छ भने पूर्वका बिभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरी ४७ हजार ५ सय ८३ बिरामीलाई निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।
२०६१ सालमा स्थापना भएको नोबेल अस्पतालले बिपन्न विरामीलाई दैनिक करिव ५ लाख वरावरको निःशुल्क उपचार गर्ने गरेको छ । नोबेलले पूर्वका बिभिन्न जिल्लामा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी विपन्न विरामीलाई निःशुल्क उपचार गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र लिङ्देनलाई बालेनले तोके जरिवाना
-
म्यान्माको कारागारमा झडप हुँदा ४ जनाको मृत्यु, ८ घाइते
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु