सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर

सोमबार, २६ फागुन २०८१, ०२ : २५
सोमबार, २६ फागुन २०८१

काठमाडौं । स्पेनिस ला लिगामा एटलेटिको मड्रिड हार्दा रियाल मड्रिड विजयी भएको छ । आइतबार राती एटलेटिको गेटाफेसँग २-१ ले हार्दा रियाल मड्रिडले घरेलु मैदानमा रायो भायकानोलाई २-१ ले नै हरायो । 

रियाल मड्रिडलाई जिताउन केलियन एम्बाप्पे र भिनिसियस जुनियरले एक-एक गोल गरे । भायकानोका पेड्रो जियाजले एक गोल फर्काए । जितसँगै रियाल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ भने शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । 

बार्सिलोनाको २६ खेलबाट ५७ अंक छ भने एक खेल बढी खेलेको रियालको पनि समान ५७ अंक भएको छ । रियाल गोल अन्तरले पछि परेको हो । हारसँगै एटलेटिको तेस्रो स्थानमा झरेको छ । उसको २७ खेलबाट ५६ अंक छ । 

यस्तै, आइतबार राती नै भएका खेलमा एथ्लेटिक क्लब र मलोर्काले १-१ को बराबरी खेलेर अंक बाँड्दा रियाल बेटिसले लस पल्मसलाई १-० ले हरायो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप