सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन

आइतबार, २५ फागुन २०८१, २२ : ४८
आइतबार, २५ फागुन २०८१

काठमाडौँ । माओवादी केन्द्र निकट जनप्रगतिशील मञ्च इजरायलको बैठकले अनिरुद्र जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन गरेको छ । 

एसिया प्रदेश कमिटीका अध्यक्ष शनिकुमार ओलीको प्रमुख अतित्थ्यमा भएको बैठकले महाधिवेशन तयारीका लागि आयोजक कमिटी गठन गरिएको हो ।  आयोजक कमिटीमा  प्रमोदकुमार बिक सचिव रहेका छन् भने  गोकुल भट्टराई, गीता थापा, हरमन गोपाली, राजन खडका, हरि शरणम ढुंगाना, जनक आचार्य , झकेन्द्र खतिवडा , सुदिप अधिकारी,  सुदिप  यदु र अरुण गुरुङ सदस्य रहेका छन् । 

आयोजक कमिटीले वैशाख महिनाको पहिलो हप्ता तेल अभिवमा अधिवेशन सम्पन्न गर्ने निर्णय भएको अध्यक्ष ओलीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?