जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा

जापान । नेकपा माओवादी केन्द्रका नेता तथा पार्टी एसिया प्रदेश संगठन समितिका इन्चार्ज ओम शर्माले राजावादीहरुले जतिसुकै तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव नरहेको बताएका छन् ।
आइतबार नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई नागोयामा सम्बोधन गर्दै शर्माले राजावादीको सपना कहिल्यै पूरा हुन नसक्ने जिकिर गरे । ‘राजावादीले राजा फर्काउने भनिरहेका छन् । तर हजारौँ वर्ष तपस्या गरेपनि राजा फर्किन सम्भव छैन । यो स्याल हुइयाँ मात्रै हो’, उनले भने ।
यद्यपि राजनीतिक दलहरुले सही डेलिभरी दिन नसक्दा जनतामा केही निराशा उत्पन्न भएको स्वीकार्दै उनले कमजोरी सच्याएर गणतन्त्रलाई बलियो बनाउनतर्फ सबै लाग्नजुपर्नेमा जोड दिए ।
उनले माओवादीले सञ्चालन गरेको जागरण अभियानले पार्टीलाई नयाँ उर्जा दिएको समेत सो क्रममा बताए । उनले माअोवादी जनतातिर फर्किएको उल्लेख गर्दै समाजवादको बाटो क्लियर गरेको समेत बताए । यस्तै शर्माले खाडी र एसियामा पार्टीको संगठन सशक्त बनाउन समेत आग्रह गरे ।
कार्यक्रममा संगठनका सहइन्चार्ज भुपालमान श्रेष्ठसहित प्रवासका नेताहरु भवानी पन्त, रामहरि पुडासैनी, हवल चन्द्र लामा, मोहन पौडेल, तिलक मल्ललगायतले शुभकामना मन्तव्य दिएका थिए ।
विभिन्न संघ संस्थाका प्रतिनिधिसहितको सहभागितामा साधारणसभा भव्य रुपमा सम्पन्न भएको मञ्चले जनाएको छ । साधारणसभालाई जुम प्रविधिमार्फत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
७४५ अलावी अल्पसंख्यकको ‘नरसंहार’पछि सिरियाली राष्ट्रपतिले गरे शान्तिको आह्वान
-
मार्क कार्नी क्यानाडाको प्रधानमन्त्री चुनिए, ट्रम्पलाई दिए कडा जवाफ
-
इटालियन सिरी’ए : एटलान्टाको फराकिलो जित, युभेन्ट्स हार्यो
-
केबलकार निर्माणको विवादकाबीच धमाधम शौचालय निर्माण
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन