सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
आइतबार, २५ फागुन २०८१, २२ : २८

काठमाडौँ । सशस्त्र प्रहरी बलका नवनियुक्त ३ जना डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आइतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनिहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
बढुवा हुनेमा कृष्ण ढकाल, दिपेन्द्र कुँवर र विष्णु प्रसाद भट्ट छन् । ढकाल सशस्त्र प्रहरी स्थापनापछि इन्स्पेक्टरमा भर्ना भएका पहिलो अर्थात सिसम–१ का अधिकृत हुन् । कुँवर र भट्ट सिसम–२ का अधिकृत हुन् ।
फागुन ८ मा बढुवा समितिले उनिहरुलाई एसएसपीबाट डीआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । गृहमन्त्री रमेश लेखकले बढुवा समितिको सिफारिसको आधारमा उनिहरुलाई बढुवा नियुक्ती गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा