सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

आइतबार, २५ फागुन २०८१, २२ : २३
आइतबार, २५ फागुन २०८१

झापा । काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकपअन्तर्गत आज भएको खेलमा झापा एफसीलाई ‘सडनडेथ’मा हराउँदै चर्च ब्वाइज युनाइटेड विजयी भएको छ ।  जितसँगै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णयका लागि ‘टाइब्रेकर’ मा खेल धकेलिएको थियो । टाइब्रेकरमा ४–४ गोलको बराबरी भएपछि सडनडेथमार्फत खेलको निर्णय भएको थियो । 
टाइब्रेकरमा चर्च ब्वाइजका राजेश परियार, जय गुरुङ, एकराज बुढाथोकी र रिचार्ड विल्सनले गोल गरेका थिए । झापा एफसीका तर्फबाट रोशन पहारी, प्रवीन बस्नेत, बाफोर र गौरव धिमालले गोल गरेका थिए । 
यसअघि खेलको ६९औँ मिनेटमा चर्च ब्वाइजका लागि विदेशी खेलाडी रिचार्डले गोल गरेका थिए । खेलको ९० औँ मिनेटमा झापा एफसीका श्याम मुर्मुले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

 खेलको ‘प्लेयर अफ दी म्याच’ चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्र थापा भए । उनले रु ११ हजार पुरस्कार प्राप्त गरे । सोमबार धरान एफसी र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच खेल हुनेछ । 

प्रतियोगिताको विजेता टोलीले रु १० लाख तथा उपविजेता टोलीले रु पाँच लाख र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपालका ६ सहित भारत र उज्वेकिस्तानको टोली सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?