तेस्रो सन्तान जन्माउने महिलालाई ५० हजार, छोरा जन्माए गाई उपहार !

भारत । भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले दक्षिण भारतका जनतालाई बढी सन्तान जन्माउन प्रोत्साहित गरेपछि एक सांसदले आश्चर्यजनक प्रस्ताव राखेका छन् ।
मुख्यमन्त्रीको प्रोत्साहनपछि विजयनगरम लोकसभा सदस्य कालीसेट्टी अप्पाला नायडूले तेस्रो बच्चा जन्माउने महिलालाई ५० हजार भारु दिने प्रस्ताव राखेका छन् ।
उनले महिलाले छोरा जन्माए गाई पनि उपहार दिनुपर्ने पनि बताएका छन् । लोकसभा सांसदको यो भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
कालिसेट्टीले आफ्नो तलबबाट नगद प्रोत्साहन दिने बताएका हुन् । टीडीपी नेताहरूका अनुसार महिलाले यो प्रस्तावलाई क्रान्तिकारी भनेका छन्।
यससँगै मुख्यमन्त्री चन्द्रबाबु नायडूले पनि यो प्रस्ताव घोषणा गरेकोमा सांसदको प्रशंसा गरेका छन् ।
मार्चमा आफ्नो दिल्ली भ्रमणको क्रममा मुख्यमन्त्री नायडूले दक्षिण भारतमा घट्दो जनसंख्याबारे चिन्ता व्यक्त गरेका थिए । जहाँ उनले भनेका थिए, 'वृद्ध जनसंख्याले चुनौती खडा गरिरहेको छ, उत्तर प्रदेश र बिहारजस्ता राज्यहरूमा युवा जनसंख्या बढी छ।'
मुख्यमन्त्री नायडूले जनसंख्या नियन्त्रणको सट्टा दीर्घकालीन जनसांख्यिकीय व्यवस्थापनको आवश्यकतामा जोड दिएका थिए। नायडूले भनेका थिए, 'पहिले म परिवार नियोजनको वकालत गर्थेँ। अब म मेरो विचार परिवर्तन भयो, जनसङ्ख्याको प्रवर्द्धन गर्दै छु।'
भविष्यका लागि जनसांख्यिकीय लाभांश व्यवस्थापन गर्न सके भारत र भारतीयहरू महान् हुने उनको भनाइ थियो।
शनिबार मुख्यमन्त्री नायडूले भने, 'सबै महिला कर्मचारीहरूलाई सुत्केरीको समयमा प्रसूति बिदा दिइनेछ, चाहे तिनीहरूको जतिसुकै बच्चाहरू हुन् ।'
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रकाशम जिल्लाको मरकापुरमा आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवापुस्तामा आशा जगाउने नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्तारुढ दलहरुको सुझाव
-
युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
-
रेशम चौधरी पक्राउपछि कार्यकर्ताको नाराबाजी (तस्बिरहरू)
-
‘मेजर ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्ता गठबन्धन दलहरूको सुझाव
-
रेशम पक्राउ परेपछि प्रज्ञामा नाराबाजी र अन्योल, तस्बिरहरू
-
‘मधेसी र थारु नमिलुन् भनेर रेशमलाई पक्राउ गरियो’