समाचार
वीर अस्पताल निर्देशकका लागि शर्मा, गौतम र कार्कीको नाम सिफारिस
आइतबार, २५ फागुन २०८१, २१ : २१

काठमाडौँ । वीर अस्पतालको निर्देशकका लागि न्याम्सले तीन जनाको नाम सिफारिस गरेको छ । न्याम्सका उपकुलपति डा.भूपेन्द्र बस्नेतले डा. दिलीप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सहकुलपति स्वास्थ तथा जनसंख्यामन्त्री प्रदीप पौडेल समक्ष आइतबार सिफारिस गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयको स्रोतले प्रधानमन्त्री केपी शर्मा ओलीको क्याविनेट चिकित्सकका रूपमा काम गरिसकेका डा. शर्मालाई निर्देशकको जिम्मेवारी दिइने सम्भावना प्रवल रहेको जानकारी दियो । डा.शर्मा वीर अस्पतालमा वरिष्ठ कलेजो रोग विशेषज्ञका रूपमा काम गरिरहेका छन् ।
सिफारिसमा परेका मध्यबाट अब बस्ने मन्त्रिपरिषद् बैठकले एक जनालाई निर्देशकमा नियुक्त गर्नेछ । आइतबारबाट निर्देशक डा. सन्तोष पौडेलको दुई वर्ष कार्यकाल पुरा भएसँगै डा. समाज गौतमले निमित्त निर्देशकको जिम्मेवारी सम्हालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन